काठमाडौः साताको पहिलो दिन सुनको मूल्य थोरै बढेको छ। तोलामा २ सय रुपैयाँ बढ्दै बजार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रवार सुन एकै दिन तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य केही दिनयता क्रमिक बढ्दै प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।
चाँदीको मूल्य आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा स्थिर छ। शुक्रबार तोलामा १५ रुपैयाँले घटेर उक्त मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७९८.५८ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.७४ डलर छ।