PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

१५ वटा सवारी चेक गर्दा ७ वटामा 'लापसे' चालक भेटियो



पहिलोपोस्ट

१५ वटा सवारी चेक गर्दा ७ वटामा 'लापसे' चालक भेटियो

काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले दुर्घटना नियन्त्रण गर्न भन्दै लागूपदार्थ सेवन( लापसे) चेकिङमा कडाइ गरेको छ।

लागु पदार्थ सेवन गरेर सवारी चलाउने बढेको भन्दै चेकिङ बढाइएको हो। आज बिहान १५ वटा सवारी साधनका चालकलाई चेकिङ गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेर चलाएको भेटियो कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले बताइन्।

यसरी कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै दुई पाङग्रे सवारी चालक रहेका छन्। एक जना ट्याक्सी चालक सहित र बाँकी दुई पाङग्रे चालक भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell