PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रोहित सेट्टीको फिल्म 'सर्कस' फ्लप!



पहिलोपोस्ट

रोहित सेट्टीको फिल्म 'सर्कस' फ्लप!

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘सर्कस’ बक्स अफिसमा कमजोर देखिएको छ। रोहित शेट्टी निर्देशित यस फिल्मले भारतभर दुई दिनमा जम्मा १३ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको हो।

कोरोनाकालमा सुटिङ गरिएको यस फिल्मले राम्रो व्यापार गर्ने आशा गरिएको थियो। तर, रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्मले उत्साहजनक व्यापार गर्न सकेन।

प्रदर्शनको पहिलो दिन शुक्रवार ‘सर्कस’ले ६ करोड ५० लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो। त्यसैगरि, शनिवार भने फिल्मले ६.५० देखि ७.२५ करोडसम्मको कलेक्सन गरेको भारतीय समाचारमाध्यममा उल्लेख छ। समीक्षात्मक हिसाबले कमजोर ठहरिएको यो फिल्म 'फ्लप' हुने देखिएको छ।

पिरियड कमेडी ड्रामा फिल्ममा रणवीरका साथै पुजा हेग्डे, ज्याक्लीन फर्नान्डेज, जोनी लिवर, संजय मिश्र, वरुण शर्मा, सिद्धार्थ जाधव, मुकेश तिवारी, सुलभा आर्या लगायतको अभिनय छ। यस फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell