PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

भारतमा कोरोना संक्रमणलाई लिएर सर्तकता अपनाइँदै



पहिलोपोस्ट

भारतमा कोरोना संक्रमणलाई लिएर सर्तकता अपनाइँदै

भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिले पनि भारतमा दैनिक एक लाखभन्दा बढी भ्याक्सिन प्रदान गरिँदैछ।

चीनमा कोरोना भाइरसको दर ह्वात्तै बढेपछि भारतमा पनि सावधानी अपनाउ केन्द्र सरकारले निर्देशन दिइसकेको छ। भारत सरकारले चीनबाट आउने यात्रुको अनिवार्य कोरोना परीक्षण हुनुपर्ने निर्देशन पनि जारी गरिसकेको छ।  यस्तै, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्यान्डबाट आउने यात्रुहरुको पनि अनिवार्य परीक्षण हुने भएको छ। यस्तै, यी पाँच देशबाट आउने यात्रुहरुले विमानमा चढ्नु अघि नै कोरोना नेगेटिभ रिपोर्ट पनि देखाउनुपर्नेछ। भारत ओर्लिएपछि पनि उनीहरुको 'थर्मल स्क्यानिङ' हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell