PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

अभिनेत्री तुनिषाको आत्महत्या प्रकरण : अभिनेता शीजान खान पक्राउ



पहिलोपोस्ट

अभिनेत्री तुनिषाको आत्महत्या प्रकरण : अभिनेता शीजान खान पक्राउ

भारतीय अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा को-एक्टर शीजान खान पक्राउ परेका छन्। तुनिषाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

शीजानविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता भएको हो। उनलाई सोमबार अदालतमा पेस गर्ने बताइएको छ। तुनिषाको शवको पोस्टमोर्टम गरिएता पनि रिपोर्ट भने सार्वजनिक भएको छैन।

शनिवार सुटिङ सेटमै शर्माले आत्महत्या गरेकी थिइन्। २० वर्षीया तुनिषा सिरियलको छायाङ्कन सेटमा थिइन्। सुटिङको ब्रेक टाइममा तुनिषा झुण्डिएको देखेपछि उनलाई अस्पताल लग्दा बाटैमा मृत्यु भएको हो।  

तुनिषा र शीजान प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो। शीजानकै कारण उनले आत्महत्या गरेको परिवारको आरोप छ। प्रहरीले यस घटनालाई आत्महत्या र हत्या दुवै पक्षबाट अनुसन्धान गरिरहेको छ।

तुनिषा कैटरिना कैफको फिल्म ‘फितुर’ मा उनको बालकाल्यको भूमिकामा देखिएकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’  मा शाहजादी मरियमको भूमिका गरेकी उनले ‘बार बार देखो’, ‘कहानी-२’, ‘दबंग-३’ जस्ता फिल्ममा बालकलाकारका रुपमा काम गरिसकेकी छिन्। यसबाहेक तुनिषाले विभिन्न भारतीय टेलिश्रंखलाहरुका अभिनय गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell