PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बिना निष्कर्ष सकियो गठबन्धनको बैठक



पहिलोपोस्ट

बिना निष्कर्ष सकियो गठबन्धनको बैठक

काठमाडौं : सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।

पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारमा विवाद नमिलेपछि गठबन्धनको बैठक निर्णय बिहीन भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले दाबी गरेका छन्। आज बालुवाटारमा बसेको बैठकमा देउवा, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको सहभागीता रहेको थियो।

यसअघि शुक्रवार र शनिवार पनि निरन्तर छलफल भए पनि गठबन्धनमा सहमति हुन नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell