PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड



पहिलोपोस्ट

बालुवाटारमा कुरा नमिले पछि ओलीसँग वार्ता गर्न बालकोटको यात्रामा प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्। ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोट लागेका हुन्।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी केन्द्रलाई दिन नसकिने बताएपछि एमालेसँग छलफल भइरहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको विकल्पका बारेमा पनि छलफल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell