PahiloPost

May 15, 2025 | २ जेठ २०८२

गठबन्धनको बैठक छाडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेताको छलफल जारी



पहिलोपोस्ट

गठबन्धनको बैठक छाडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेताको छलफल जारी

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। बालुवाटारमा भएको गठबन्धन छाडेर गएका प्रचण्डलाई देउवाले फोन गरेका हुन्।

देउवाले फोन गरेर फेरि छलफल गर्न भनेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जान रोकिएका छन्। ओलीको सचिवालका एक सदस्यका अनुसार अहिलेसम्म प्रचण्ड बालकोट पुगेका छैनन्।

'उहाँ आइरहनुभएको थियो। तर आइपुग्नु भएन,' उनले भने।

बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन देउवा तयार नभएपछि प्रचण्डले बैठक छाडेर निस्किएका थिए।

एमाले र मा‌ओवादी केन्द्रका दोस्रो तहका नेताबिच भने अहिले छलफल भइरहेको छ। एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका देव गुरुङ लगयताका नेता छलफलमा सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell