PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

ओली निवासमा सरकार निर्माणको गृहकार्य तिब्र, रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्म बालकोटमा



पहिलोपोस्ट

ओली निवासमा सरकार निर्माणको गृहकार्य तिब्र, रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्म बालकोटमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक हप्ताको समय आज सकिन लागेपछि दलहरु तिब्र गृहकार्यमा जुटेका छन्।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा निर्णय बिहीन भएर सकिएको छ भने उक्त बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन अघि बढ्न नसक्ने भन्दै निस्किएका छन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल तिब्र बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालकोटमा पुगेर छलफल गरेका छन्। यस्तै जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग छलफल गरेका छन्।

नेकपा एमालेको दोस्रो तहका नेताहरु पनि बालकोटमै रहेको ओलीको सचिवालयले जनाएको छ। उनले आफ्नो निवास खुमलटारमा पार्टीका पदाधिकारीसँग छलफल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell