PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार



पहिलोपोस्ट

कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। प्रचण्डले ओलीसँग प्रधानमन्त्रीका लागि वार्ता गर्न लागेका हुन्। महासचिव देव गुरुङ र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित प्रचण्ड बालकोटमा छलफलमा छन्। 

सो छलफलमा माओवादी र एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरु पनि सहभागी छन्।

एमालेसँगको छलफलमा माओवादी केन्द्रले सरकार गठनको विषयलाई अघि बढाउने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सकिन केहि घण्टा मात्रै बाँकी भए पछि प्रधानमन्त्रीमा दाबीका लागि गृहकार्य भइरहेको छ।

आजै ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीक अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईले पनि संवाद गरेका थिए।

एमाले वा माओ‌वादी केन्द्रको नेतृत्वमा सरकार बने राप्रपा र रास्वपाले सघाउने बताइन्छ। एमालेसँग हाल ७८ सांसद छन् प्रतिनिधि सभामा। माओवादी केन्द्रका ३२, रास्वपाका २० र राप्रपाका १४ सांसद छन्।

यी दलहरुको सांसद संख्या १४४ हुन पुग्छ सरकार गठनका लागि प्रतिनिधि सभाको २७५ को बहुमत १३८ आवश्यक पर्ने देखिन्छ। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन्। दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याउने प्रतिनिधि सभाका सांसदले प्रधानमन्त्रीमा दाबी गर्न पाउने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell