
काठमाडौं : सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिन लाग्दा दलहरुले छलफलाई तिब्रता दिएका छन्। बालुवाटारमा गठबन्धनबिच कुरा नमिलेपछि अहिले सत्ताका लागि समीकरण मिलाउन दलहरु बालकोटमा भेला भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरुबिच संयुक्त बैठक भइरहेको छ। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपाबाट अशोक राई छलफलमा छन्।