PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

ओलीसँगको वार्तापछि अशोक राईले भने,' नयाँ गठबन्धन बन्ने सम्भावना छ'



पहिलोपोस्ट

ओलीसँगको वार्तापछि अशोक राईले भने,' नयाँ गठबन्धन बन्ने सम्भावना छ'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नयाँ गठबन्धन बन्ने सम्भावना रहेको बताएका छन्। आज दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको चार दलको संयुक्त बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नयाँ गठबन्धन बन्ने सम्भावना रहेको उनले बताएका हुन्।

'नयाँ गठबन्धन बन्ला झैँ अवस्था छ,' नेता राईले भने।

नेता राईले आफ्नो पार्टी भित्र सरकार बनाउने विषयमा संस्थागत निर्णय भने नभइसकेको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेससँग कुरा नमिलेपछि नयाँ गठबन्धनको सरकार बनाउने कसरतको लागि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ओली निवास पुगेका छन्। त्यस्तै स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि अहिले अध्यक्ष ‌ओलीसँगको वार्तामा छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बालकोटमा ओलीसँग छलफल गरेर बाहिरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell