PahiloPost

Jul 3, 2024 | २० असार २०८१

राजनीतिक दल बालकोट केन्द्रित हुँदा बाबुरामले भने : वर्ल्डकप फाइनल र नेपाली राजनीति उस्तै रोमाञ्चक



पहिलोपोस्ट

राजनीतिक दल बालकोट केन्द्रित हुँदा बाबुरामले भने : वर्ल्डकप फाइनल र नेपाली राजनीति उस्तै रोमाञ्चक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय केहीबेरमा सकिँदैछ। त्यसैले दलहरु छलफल केन्द्रित भएका छन्।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन्। बालकोटमा सरकार गठनका लागि चाहिने सिट भएका दलहरु अहिले भेला भएका छन्।

बालकोटमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमै छन्। जनमत पार्टीका सिके राउत पनि बालकोट पुगेका छन्।

बालकोटकै जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि छलफल गररे बाहिरिसकेका छन्।  

दलहरु बालकोटमा नयाँ समीकरणको तयारीमा लाग्दा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीति वर्ल्डकप फाइनल जस्ते रोमञ्चक हुन लागेको हो कि भन्दै प्रश्न गरेका छन्।

'हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो?,' उनले ट्वीटरमा लेखेका छन्।

बाबुरामको पार्टीले गएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा निर्वाचन लडेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell