PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति



पहिलोपोस्ट

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

आज दिउँसो ओली निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका थिए।

सो बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको हो। 

'प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्ने सहमति भएको छ,' बालकोट बैठकमा सहभागी एक नेताले बताए।

बिहानदेखि  नेपाली कांग्रेससँग छलफलमा रहेका माओवादी अध्यक्ष दाहाल कांग्रेससँग सहमति नभएपछि बालकोट पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell