PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए



पहिलोपोस्ट

धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए

काठमाडौंः धनगढीमा  नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell