PahiloPost

May 15, 2025 | २ जेठ २०८२

सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल



पहिलोपोस्ट

सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन्।

'राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,' उनले भने।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको ७ दलको बैठकले नयाँ सत्ता समीकरण निर्माण गर्ने निर्णय गरेको हो। नयाँ गठबन्धनमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell