PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल



पहिलोपोस्ट

प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै सात राजनीतिक दल शीतल निवास पुगेका छन्। राष्ट्रपित विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने सहमति भएको थियो।

सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार बैठक छाडेर बालकोट पुगेका थिए। बालकोटमा प्रचण्ड र ओलीसँगै अन्य सात दलका नेताहरु पनि थिए। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका नेता अशोक राई पनि सहभागी थिए। उनीहरुभन्दा अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरि बाहिरिएका थिए। राजनीतिक दल बालकोट केन्द्रित हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सो बैठकमा सहभागी भएका थिए। यस्तै,  रञ्जित श्रेष्ठको नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई समर्थन जनाएको छ।

७ वटै दलहरु गरि प्रचण्डलाई १६६ जना सांसदको समर्थन प्राप्त भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell