PahiloPost

May 15, 2025 | २ जेठ २०८२

अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई



पहिलोपोस्ट

अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्दै राष्ट्रपति समक्ष पत्र पठाउने निर्णय गरेको थियो।

बाबुरामको पार्टीले गएको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको थियो।

सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेससँग कुरा नमिलेपछि प्रचण्ड बालकोट पुगेका थिए। बाबुरामले भने कांग्रेसको नेतृत्वलाई धेरै चाहना नराख्न भन्दै सुझाव पनि दिएका छन्।

'नयँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाइ! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्!,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell