PahiloPost

Jun 22, 2024 | ९ असार २०८१

एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक, सरकारमा सहभागी हुन नहुने बिषयमा छलफल



पहिलोपोस्ट

एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक, सरकारमा सहभागी हुन नहुने बिषयमा छलफल

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन्।

बैठकमा सत्तागठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ स्थितिमा सरकार निर्माण भएमा पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा अहिले बस्ने बैठकले कसको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने वा प्रतिपक्षमा बस्नेलगायत महत्वपूर्ण निर्णय लिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell