PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी



पहिलोपोस्ट

प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी
फोटो : Balkot

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन्। आइतवार साँझ एमालेसहित १६६ सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार गत आइतवार एक हप्ताको लागि समयसीमा प्रदान गरेकी थिइन्।

सरकारको नेतृत्व दाबी गर्न आज ५ बजेसम्मका लागि समय दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell