PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि



पहिलोपोस्ट

शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि
फोटो : Balkot

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाबी पेश गरेका छन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ।

१६६ जना सांसदको हस्ताक्षर लिएर सरकारको नेतृत्व दाबी गर्न शीतल निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमाले बंक गरी चुनाव लडेका प्रभु साह पनि देखिएका छन्।

यसैगरी कांग्रेसल कारबाही गरेर स्वतन्त्रबाट निर्वाचित भएका अमरेशकुमार सिंहदेखि ओलीसँग गठबन्धन नगर्ने बताएका जसपाका अध्यक्ष उपेन्द्र यादव पनि देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफ्नो प्रवक्ता डा मुकुल ढकाललाई राष्ट्रपति कार्यालय पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell