PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डलाई चीनको बधाई



पहिलोपोस्ट

प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डलाई चीनको बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ। ७ पार्टी र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चीनले पहिलो शुभकामना दिएको हो।

पछिल्लो समय सरकार निर्माणको लागि भारतीय राजदूतको सकृयता बढेको भए पनि चीन भने शान्त देखिन्थ्यो। यद्यपि, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि चीन पुग्नु र सरकार गठनको लागि स्वदेश फर्किनुलाई कुटनीतिक रुपमा महत्वका साथ हेरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell