PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सेमिफाइनलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित, लगातार चौथो हार



पहिलोपोस्ट

सेमिफाइनलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित, लगातार चौथो हार

काठमाडौं: नेपाली यू २३ भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाली टोली घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो।

पहिलो सेटमा २५-१५ ले पराजय ब्यहोरेको नेपाली टोली दोस्रो सेटमा २५-२२ ले पराजित ब्यहोरेको थियो। त्यस्तै तेस्रो सेटमा २५-१३ नेपाललाई हराउँदै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा यसअघिको तीनवटै खेलमा नेपालले पराजय ब्यहोरेको थियो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरि चार टोलीको सहभागिता छ। लिग चरण पछि चारवटै टोलीले सेमिफाइनल खेलेका थिए।

अब नेपालले तेस्रो स्थानका लागि श्रीलंकासँग भोलि खेल्नेछ। खेल नेपाली समय अनुसार भोलि दिउँसो २:४५ मा हुनेछ। सोमवार नै बंगलादेश र कीर्गिस्थान उपाधिका लागि खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell