PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शिक्षकद्वारा विद्यार्थीको अपहरणपछि हत्याः ५० लाख फिरौती बुझेसँगै पक्राउ



पहिलोपोस्ट

शिक्षकद्वारा विद्यार्थीको अपहरणपछि हत्याः ५० लाख फिरौती बुझेसँगै पक्राउ

वीरगंजः एक महिना पाँच दिन अगाडि पर्सामा अपहरणपछि हत्या गरिएका एक बालकको शव बरामद भएको छ।

वीरगंज महानगरपालिका २५ भन्सार श्रीसियाबाट सोही वडाका श्रीराम पासवानका १४ वर्षीय छोरा निरज पासवानको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ।

फिरौतीको लोभमा बालकलाई अपहरण गरिएको र केही दिनपछि हत्या गरेर सेफ्टी ट्याङ्कीमा शव लुकाइएको अवस्थामा फेला पारिएको हो।

घटनामा निरज पढ्ने वीरगंज -१७ अलौंको गुरुकूल पारा मेमोरियल स्कुलका प्रिन्सिपल दिलीप पटेल र वीरगंज २५ भन्सार श्रीसिया टोल बस्ने किसान यादव पक्राउ परेका हुन्। फिरौती ५० लाख रुपैयाँ बुझेर भाग्ने क्रममा दुबै जनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

शव पूर्णरुपमा गलेकाले कपडाका आधारमा परिवारले पहिचान गरेको थियो। दिलीपको डेरा नजिकैबाट शव बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले बताए। गिरीले घटनाको अनुसन्धान भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell