PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

देउवाले सभापति र दलको नेताबाट राजीनामा दिनुपर्छः गुरु घिमिरे



पहिलोपोस्ट

देउवाले सभापति र दलको नेताबाट राजीनामा दिनुपर्छः गुरु घिमिरे

काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्ता गठबन्धन टुटेपछि सामाजिक सञ्जालमा घिमिरेले देउवाको राजीनामा माग गरेका हुन्।

घिमिरेले गठबन्धन गलत भन्दाभन्दै निर्णय गरेको र जोगाउन नसकेको पनि आरोप लगाए।

उनले भनेका छन्, 'नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्ता लिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell