PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, को-को बन्दै छन् मन्त्री?



पहिलोपोस्ट

मन्त्री छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, को-को बन्दै छन् मन्त्री?
फाइल फोटो।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको बताइएको छ।

प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन्। उनीसँगै केही मन्त्रीले पनि शपथ ग्रहण गर्ने बताइएको छ।

एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। सत्ता साझेदार दलहरुको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell