PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु



पहिलोपोस्ट

मन्त्रीबारे टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। ८ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।

बैठकले माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्ने टुंगो लगाउने छ। नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको बताइएको छ।

प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ ग्रहण गर्नेछन्। उनीसँगै सीके राउत र रवि लामिछानेले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने बताइएको छ।

एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। सत्ता साझेदार दलहरुको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell