PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि पाँच शीर्ष गैरसरकारी संस्थाले अफगानिस्तानमा रोके काम



पहिलोपोस्ट

महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि पाँच शीर्ष गैरसरकारी संस्थाले अफगानिस्तानमा रोके काम
Photo: EPA

अफगानिस्तानमा तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि पाँच शीर्ष गैरसरकारी संस्था (एनजीओ)ले काम रोकेका छन्

केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ‘महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसकिने बताएका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू रोकेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ।

अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारहरुको निरन्तर दमन गर्दै आएको छ। तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै एनजीओमा काम गर्न नपाउने नयाँ आदेश दिएको हो।

तालिबानी इस्लामवादी शासकहरूले एनजीओका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोड तोडेको भन्दै यस कदमलाई जायज भनेका छन्। अर्थ मन्त्रालयले शनिवार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पत्रमार्फत उक्त आदेश पठाएको हो। आदेशको तत्काल पालना नगर्ने कुनै पनि संस्थाको लाइसेन्स रद्द गर्ने धम्की समेत दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell