PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

चलचित्र संघ र विकास बोर्डलाई वार्ता गरि समस्याको समाधान गर्न निर्देशक समाजको आग्रह



पहिलोपोस्ट

चलचित्र संघ र विकास बोर्डलाई वार्ता गरि समस्याको समाधान गर्न निर्देशक समाजको आग्रह

काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा छ। यसैबिच, चलचित्र निर्देशक समाजले चलचित्र संघ र चलचित्र विकास बोर्डलाई वार्ता गरि समस्याको समाधान गर्न आग्रह गरेको छ।

संघले एक विज्ञप्ति निकाल्दै यस्ता समस्याहरुलाई संवेदनशिल भएर वार्ताद्वारा नै समाधान गर्न अपिल गरेको हो।

‘बेला बेलामा चलचित्र क्षेत्रमा देखापर्ने यस्ता समस्याहरुलाई समाधान गर्न वार्तानै एक बलियो माध्यम भएको सबैलाई अवगत छ। तर्सथ कुनै पनि समस्या र त्यसको समाधानको लागि वार्ताद्वारा नै सम्बोधन हुन पर्दछ। हालसालै चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघबिच र देखिएको समस्या पनि संवेदनशिल भई वार्ताद्वारा नै समाधान गर्न नेपाल चलचित्र निर्देशक समाज हार्दिक अपिल गर्दछ,’ महासचिव जनकदीप पराजुलीले जारी विज्ञप्तिमा उल्लेख छ।

राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने, एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित बनेको हो।

संघले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग कुनै हालतमा वार्ता नहुने अडान राखेको छ। पुस १२ गते संघले संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएर आन्दोलनमा अघि बढ्ने समेत बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell