
काठमाडौं : माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको हो।
यसको आधिकारिक निर्णय भने सिंहदरबारमा बस्ने गठबन्धनको बैठकले टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आजै अपराह्नन ४ बजे प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिँदैछन्।