PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पेरिसडाँडामा माओलाई प्रचण्डको लालसलाम, बधाई दिनेको भिड

पेरिसडाँडामा माओलाई प्रचण्डको लालसलाम, बधाई दिनेको भिड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेता कार्यकर्ताको भिड लागेको छ।

आज बिहानैदेखि प्रचण्डलाई बधाई तथा शुभकामना दिन कार्यकर्ताहरु पेरिसडाँडा पुगेका हुन्।

७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड हिजो प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे प्रचण्डलाई सपथ ग्रहण गराउँदैछिन्।

पेरिसडाँडामा नै आयोजित कार्यक्रममा प्रचण्ड माओत्सेतुङको तस्विरलाई 'लाल सलाम' गर्दै नेता कार्यकर्तालाई भेटेका थिए।  



ट्रेन्डिङ पोस्ट

Ncell