PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

जोगवनी नाकाबाट प्रहरीले बरामद गर्‍यो भन्सार छलि गरेको सामान

जोगवनी नाकाबाट प्रहरीले बरामद गर्‍यो भन्सार छलि गरेको सामान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः नेपाल भारतको नाका जोगवनीबाट भन्सार छलि गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ।

मोरङ विराटनगर महानरगपालिका रानी एरियाका बिभिन्न स्थानमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ९ लाख २६ हजार ९ सय २८ रुपैयाँ बराबरको लत्ताकपडा, खाध्यान्न सामाग्री, घरायसी सामान लगायतका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगर रानीमा बुझाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell