PahiloPost

Jul 3, 2024 | २० असार २०८१

डिएसपी ठगबहादुरलाई नै समात्यो प्रहरीले, अपराधको कनेक्सन सुनसँग



पहिलोपोस्ट

डिएसपी ठगबहादुरलाई नै समात्यो प्रहरीले, अपराधको कनेक्सन सुनसँग

काठमाडौः  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी पक्राउ परेका छन्।

आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो।

खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपैयाँको चेक र सुनजस्तो देखिने पदार्थ ३५ तोला बरामद भएपछि अनुसन्धान डिएसपी केसीतिर सोझिएको थियो। त्यसपछि डिएसपी केसीको क्वाटरमा छापा मार्दा ८ लाख ५० हजार रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी केसीको कोठाबाट प्रहरीले केही परिमाणमा सुन र रकमसमेत बरामद गरेको जानकारी दिएको छ। अवैध सुनसँग यसअघि पनि विभिन्न विवादमा प्रहरी पर्दै आएका धेरै घटनाहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell