PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

गोङ्गबुको डुबान हटाउन ढल व्यवस्थापनका लागि हरिप्रभाले लिइन् पहलकदमी



पहिलोपोस्ट

गोङ्गबुको डुबान हटाउन ढल व्यवस्थापनका लागि हरिप्रभाले लिइन् पहलकदमी

काठमाडौं : नवनिर्वाचित वाग्मती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो क्षेत्रमा भइरहेको डुबानको समस्या हटाउन ढल व्यवस्थापनमा जोड दिएकी छिन्। काठमाडौं ६ (क) बाट निर्वाचित खड्गीले आज गोङ्गबु क्षेत्रमा डुबान हुने स्थानको अवलोकन गरेकी हुन्। त्यसक्रममा उनले चक्रपथ विस्तार आयोजना अन्तर्गत भइरहेको ढल व्यवस्थापन कार्यको अवलोकन पनि गरेकी छिन्।

गोङ्गबुको टोके बजार क्षेत्रमा बर्खाको समयमा डुबान हुने र सो क्षेत्र अस्तव्यस्त हुने समस्याको समाधानका लागि पहल गर्न उनी आज स्थलगल अवलोकनमा गएकी हुन्। त्यसक्रममा स्थानीयले उनलाई ढल व्यवस्थापन भए डुबानको समस्या कम हुन सक्ने सुझाव दिएका थिए।

'यहाँका स्थानीयको समस्या सुनेर आयोजनाले काम गर्नुपर्छ। पछि फेरि डुबानको समस्या सुन्न नपर्ने गरि काम गर्नुपर्छ,' उनले आयोजना अन्तर्गत खटिएका प्राविधिक र ठेकेदारहरुलाई भनिन्।

अवलोकनका क्रममा खड्गीले ढलको लागि हाल राखिँदै आएको पाइपलाई अझै मुनी राखेर काम गर्न सुझावसमेत दिइन्। बस्तीको अवस्था हेरेर ढलको पाइप राख्नुपर्ने काम हुनुपर्ने उनले बताइन्। स्थानीयको माग समेत हाल ढलको पाइप पहिलाको पाइप राखिएको स्थानभन्दा तल राख्नुपर्ने भन्ने छ।

आयोजनाका प्राविधिकले अनुगमनका क्रममा जनप्रतिनिधि र स्थानीयले उठाएका माग अनुसार काम गर्ने बताएका थिए। खड्गीले आउने दिनहरुमा पनि सो क्षेत्रको स्थलगत अवलोकन गर्ने भन्दै जनताको हित अनुसार काम हुनुपर्ने बताएकी थिइन्।

खड्गी काठमाडौं महानगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell