PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भएको के हो सबैलाई थाहै छ, हामी नयाँ बिहानी ल्याउनेछौं : विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

भएको के हो सबैलाई थाहै छ, हामी नयाँ बिहानी ल्याउनेछौं : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता परिवर्तनबारे सबैलाई थाह भएकै कुरा भएको बताए। कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेर सरकारमा जाने तयारी गरिरहेकै बेला एमालेलगायत सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल ट्वीटरमा शर्माले आलोचना र आत्मालोचनाको चरण आउनेसमेत बताएका छन्। ‘देशभरबाट साथीहरूले सोधिरहनु भएको छ-

कसरी यस्तो भयो? अब के हुन्छ?’ महामन्त्री शर्माले भनेका छन्, ‘मैले केवल यत्ति भनें डन्ट वरी।‘

यही ट्वीटको थ्रेडमा शर्माले जिम्मेवार प्रतिपक्षका रुपमा कांग्रेस देशभर मुभ हुने समेत बताएका छन्। ‘भएको के हो सबैलाई थाहै छl  त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छl  साँझ परेको छ, रात छिप्पिने छ,’ उनले भनेका छन्, ‘जिम्मेवार प्रतिपक्षका रूपमा हामी देशव्यापी मुभमा हुनेछौंl नयाँ बिहानी हुनेछl  तर त्यो आफै आउनेछैन, हामी ल्याउनेछौंl त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस्’

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा संघको सत्तामात्र हैन सातै प्रदेशको सरकारसमेत गुमाउने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell