PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

काठमाडौंमा एकै दिन दुई जना मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

काठमाडौंमा एकै दिन दुई जना मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः काठमाडौंका दुई ठाउँमा दुई जना मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित लामपोखरीमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४९ वर्षीय सागर शाह आइतबार मृत अवस्थामा फेला परेका हुन्। 

यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल भत्केको पुलस्थित निर्माणाधिन घरमा काम गर्ने सिन्धुली घर भएका ३५ वर्षीय तेज नारायण दनुवार सोही स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell