PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई



पहिलोपोस्ट

अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो।

संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको छ।

अमेरिकाले नेपालको प्रजातन्त्र विश्वका अन्य देशका लागि उदाहरणीय भएको भन्दै नेपालको प्रजातन्त्रिक मूल्यमान्यतालाई कायम राख्न आफ्नो सहयोग रहने जनाएको छ।

प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर द्विपक्षीय, क्षेत्रिय र वैश्विक महत्वका विषयमा काम गर्न तयार रहेको अमेरिकाले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell