अभिनेता रणवीर सिंहले बलिउड उद्योगमा आएको १२ वर्ष भइसकेको छ। फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट बलिउडमा डेब्यू गरेका उनले कहिल्यै पछाडि फर्कनु परेन। रणवीरले ‘गोलियों की रासलीला राम-लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता हिट फिल्महरु दिए।
तर, पछिल्लो समय भने रणवीर 'फ्लप स्टार'को बाटोमा छन्। सन् २०१९ पछि रणवीरका कुनै पनि फिल्महरु व्यावसायिक रुपमा सफल हुन सकेका छन्। गत शुक्रवारदेखि रणवीरकै मुख्य भूमिका रहेको फिल्म ‘सर्कस’ प्रदर्शनरत छ। तर, यस फिल्मले पनि बक्सअफिसमा भने उत्साहजनक व्यापार गर्न सकिरहेको छैन।
सन् २०१८ मा रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग बिहे गरे। त्यसपछि सन् २०१९ रणवीर अभिनित फिल्म ‘गली ब्वाई’ रिलिज भयो। जसको व्यापार औसत रह्यो। त्यसपछि रणवीर अभिनित बायोपिक फिल्म ‘८३’ सन् २०२१ र सन् २०२२ मा फिल्म ‘जयेशभाई जोरदार’ रिलिज भए। ती फिल्म पनि बक्सअफिसमा 'फ्लप' साबित भए।
‘रामलीला’ र ‘बाजीराव मस्तानी’ जस्ता गम्भिर फिल्मबाट हिट भएका रणवीर पछिल्लो समय कमेडी जनराका फिल्महरु गर्छन्। गम्भिर कन्टेन्टको सट्टा कमेडी र युनिक कन्टेन्ट रोज्दा उनी फ्लपको बाटोमा छन्।
सन् २०२३ मा रणवीर र आलिया भट्ट अभिनित फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ प्रदर्शन हुँदैछ। यस फिल्मले रणवीरको फ्लप बाटोलाई केही सुधार्ने आशा गर्न सकिन्छ।