PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेस एम्बाप्पेजस्तै भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्यो : विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

कांग्रेस एम्बाप्पेजस्तै भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्यो : विश्वप्रकाश शर्मा
फोटो : facebook.com/nepalliteraturefestival

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस फुटबल फाइनलमा फ्रान्सका किलियन एम्बाप्पेजस्तै भएको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा महामन्त्री शर्माले उक्त भनाई राखेका हुन्।

कांग्रेस अहिले जितेर पनि हारेर आएको शर्माको भनाई थियो। ‘जितेर पनि हारेर आएको। अस्ति वर्ल्डकप भएको थियो नि।सबभन्दा बढी गोल गरेको थियो एम्बाप्पेले,’ शर्माले भने, ‘गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो तर भयो के भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हाल्यो। गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या। त्यसकारण हामी चै एम्बाप्पे भएर आएको।‘

कांग्रेसले पहिलो दल भए पनि गठबन्धन जोगाउन नसक्दा संघसहित सातै प्रदेशको सत्ता गुमाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell