PahiloPost

May 14, 2025 | १ जेठ २०८२

उपप्रधानसहित गृह मन्त्रालयमा रवि लामिछानेको दाबी



पहिलोपोस्ट

उपप्रधानसहित गृह मन्त्रालयमा रवि लामिछानेको दाबी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित सरकारमा जानको लागि उपप्रधानसहित गृह मन्त्रालय माग गरेको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय माग गरेका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारलाई लामिछानेको पार्टीले पनि समर्थन गरेको छ। सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी रास्वपाले थालेको छ। रास्वपामा २० सांसद रहेका छन्।

अध्यक्ष दाहालले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिंदैछन्। त्यस्तै दाहाल नेतृत्वको सरकारमा अन्य मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell