PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

राप्रपा वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा



पहिलोपोस्ट

राप्रपा वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन्। सोमवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले थापालाई सर्वसम्मत चयन गरेको हो।

सो पदमा राप्रपाका महामन्त्री शरदराज पाठक र थापाको दाबेदारी रहेको थियो। अन्तिममा सहमतिकै आधारमा पाठकको समर्थनमा थापा नेता चयन भएका हुन्।

महामन्त्री पाठकले बैठकले संसदीय मोर्चामा पार्टीको एजेण्डालाई सिद्धान्तलाई प्राथमिकतालाई सशक्त ढंगले अघि बढाउने निर्णय भएको पनि जानकारी दिए।

त्यसैगरी दलको उपनेता र सचेतक केहि समयपछि चयन गर्ने पाठकले जानकारी दिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell