PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब



पहिलोपोस्ट

युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब

काठमाडौं : पछिल्लो समय नेपाली फिल्मलाई हिन्दीमा डब गरेर प्रदर्शन गर्ने क्रम बढ्दो छ। ‘प्रेम गीत ३’ को हिन्दी भर्सनको चर्चापछि युट्युबमा अहिले नेपाली फिल्मको हिन्दी डब सार्वजनिक हुन थालेका छन्।

एकैमहिनाको बिचमा ओएसआर इन्टरनेसनल अफिसियल युट्युब च्यानल मार्फत रिलिज भए : ‘बीर विक्रम २’ र ‘सुश्री सम्पति’ को हिन्दी डब। तर, दुबै फिल्मको हिन्दी डबले युट्युबमा भ्युज भने पाउन सकेका छैनन्।

हुनत यी दुबै फिल्मको नेपाली भर्सन पहिल्यै सिनेमाहल र युट्युबमै रिलिज भइसकेका छन्। नेपाली भर्सनतर्फ ‘बीर विक्रम २’ ले एक करोड २० लाख भ्युज पाइसकेको छ। ‘सुश्री सम्पत्ति’ लाई पनि युट्युबमा ४७  लाख बढिले हेरिसकेका छन्।  

तर, यी फिल्मका हिन्दी संस्करणलाई भने दर्शक तान्न नै मुस्किल भइरहेको छ। तीनसाता अघि रिलिज भएको ‘बीर विक्रम २’ को हिन्दी डबले २ लाख ८५ हजार भ्युज पाएको छ। त्यसैगरि, फिल्म ‘सुश्री सम्पत्ति’ को हिन्दी डबलाई पनि एक सातामा जम्मा २१ हजार दर्शकले मात्रै हेरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell