काठमाडौंः बारामा भएको गोली प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतको बिहार मोतिहारी घर भएका ३८ वर्षीय प्रमोद राम भारतलाई पक्राउ गरेको हो।
गत शुक्रबार अज्ञात समूहले गोली प्रहार गर्दा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। कलैया बरियारपुर सडकखण्ड अन्तर्गत महागढीमाई नगरपालिका २ स्थित भूतही पूल नजिकै रहेको खाजा घरमा गोली चलेको थियो। मोटरसाइकलमा आएका समूहले गोली प्रहार गर्दा बिहार राज्यस्थित मोतिहारी जिल्लाको छौडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो।
रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार नम्बर खुल्न नसकेको दुई वटा मोटरसाइकलमा सवार एक समूहले यादवमाथि भूतही पूल नजिकै रहेको चिया पसलमा शुक्रबार साँझ साढे ५ बजे गोली प्रहार गरेका थिए।
छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई बाराकै परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ।