PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा जाँदै



पहिलोपोस्ट

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा जाँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्रालय लिएर सरकारमा जाने भएका छन्।

सभापति लामिछानेले उपप्रधान सहित गृहमन्त्रालय दावी गरेका थिए। लामिछानेको माग अनुसार नै मन्त्रालय दिएर सरकारमा लगिएको हो।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिंदैछन्। दाहाल नेतृत्वको सरकारमा रविसँगै नेकपा एमाले र जनमत पार्टीबाट पनि आजै शपथ लिँदैछन्।

माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell