.jpg)
काठमाडौं : प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ। राष्ट्रपति विद्यदेवी भण्डारीले आज नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछि तीनजना उपप्रधानमन्त्रीले सपथ लिएका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ।
यस्तै, शीतल निवासमा आयोजित कार्यक्रममा चार मन्त्रीले पनि सपथ लिएका छन्। ज्वाला कुमारी साह, दामोदार भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानले सपथ लिएका हुन्। उनीहरुलाई जिम्मेवारी भने तोकिएको छैन।