PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

प्रचण्डलाई बधाई दिए, सपथ नसकिँदै बाहिरिए देउवा



पहिलोपोस्ट

प्रचण्डलाई बधाई दिए, सपथ नसकिँदै बाहिरिए देउवा

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगे। मञ्चमा सुरुमा नै पुगेका थिए देउवा। त्यसपछि मञ्चमा पुगे प्रचण्ड अनि दुवैले हात मिलाए। देउवाले प्रचण्डलाई बधाई दिए।

बालुवाटारको बैठक छाडेर बालकोट पुगेपछि सम्भवत दुईजना बिच यो पहिलो भेट हो।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह संचालन भइरहेको स्थानबाट बाहिरिए।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको सपथसम्म उनी बसेनन्। प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रम नसकी शीतल निवासबाट बाहिरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell