PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राजवंशीले लिए पाँच विकेट, वाल्टनले बनाए अर्धशतक: विराटनगरमाथि अन्तिम बलमा जनकपुरको रोमाञ्चक जित



पहिलोपोस्ट

राजवंशीले लिए पाँच विकेट, वाल्टनले बनाए अर्धशतक: विराटनगरमाथि अन्तिम बलमा जनकपुरको रोमाञ्चक जित

काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा ललितनारायण राजवंशीको सानदार बलिङ र चाडविक वाल्टनको उत्कृष्ट अर्धशतकीय पारिको सहायतामा जनकपुरले विराटनगरलाई ५ विकेटले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ रन बनाउँदा रोहितकुमार पौडेलले ३२ रन बनाए। त्यस्तै हुसैन तालतले २८, अर्जुन साउदले १८ तथा विवेक यादवले १० रन बनाए।

बलिङतर्फ जनकपुरका ललित राजवंशीले सानदार बलिङगर्दै ८ रन दिएर ५ विकेट लिए। त्यस्तै मोहम्मद आदिल आलम र केस्रिक विलियम्सले समान २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरका चाडविक वाल्टनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ६९ रन बनाए। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकोमा वाल्टनले एक छक्का र दुई चौकाको सहायतामा अन्तिम बलमा दुई रन जोड्दै टिमलाई लक्ष्यसम्म पुर्‍याउन सफल भए। त्यसबाहेक कप्तान ट्रेभोन ग्रिफ्फितले २५ तथा सरफुदैन असरफले २३ रन बनाए। त्यस्तै मोहम्मद आदिल आलम १० रनमा अविजित रहे। बलिङतर्फ विराटनगरका हुसैन तलत, नन्दन यादव र रिजन ढकालले समान १ विकेट लिए।

योसँगै ४ अंक जोडेको जनकपुर रोयल्स अंकतालिकाको शीर्षदुईमा छ। बिराटनगरको भने यो लगातार दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell