PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरे पदभार ग्रहण, भने,' नागरिकता विवादमा स्वतन्त्र रुपमा अनुसन्धान हुन्छ'



पहिलोपोस्ट

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरे पदभार ग्रहण, भने,' नागरिकता विवादमा स्वतन्त्र रुपमा अनुसन्धान हुन्छ'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएर गृह मन्त्रालय पुगेका रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले केही समय अगाडी मात्र राष्ट्रपति निवास शितल निवास पुगेर सपथ खाएका थिए।

पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालमा आम नागरिकले महसुस गर्ने गरि शान्ति सुरक्षाको व्यवस्था मिलाउने अभिव्यक्ति दिएका छन्। त्यस्तै, आफ्नो नागरिकता विवादमा स्वतन्त्ररुपमा अनुसन्धान गर्न सहयोग गर्ने दाबी गरेका छन् उनले।

शीतल निवासबाट उनी सोझै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन्। लामिछानेको पार्टीबाट २० जना सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell