PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

नयाँ सरकारलाई चीनको बधाई, बीआरआई साझेदारीलाई अगाडि बढाउन तयार



पहिलोपोस्ट

नयाँ सरकारलाई चीनको बधाई, बीआरआई साझेदारीलाई अगाडि बढाउन तयार
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ। फोटो: चिनियाँ विदेश मन्त्रालय

सांघाई: नयाँ सरकार निर्माणसँगै चीनले नेपालमा स्थायित्वसँगै सामाजिक आर्थिक विकासको दिशामा अगाडि बढ्ने विश्वास राखेको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ सरकार गठनको विषयमा गरिएको प्रश्नमा प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्। 

उनले नेपालमा सफल रुपमा आम निर्वाचन सम्पन्न भएको र प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई व्यक्त गरिन्।

'नेपाल सरकार र जनताको साझा प्रयास र विभिन्न राजनीतिक दल र राजनीतिक शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुनेमा हामीले विश्वास लिएका छौँ,' उनले भनिन्। 

नेपालको परम्परागत मित्र र छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्त्व दिने प्रवक्ता माओले बताइन्। 

'हामी नयाँ नेपाल सरकारसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोगलाई विस्तार र गहिरो बनाउन, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई पछ्याउन, विकास र समृद्धिको लागि चिरस्थायी मित्रताको विशेषता रहेको हाम्रो रणनीतिक सहकारी साझेदारीमा नयाँ प्रेरणा प्रदान गर्न तयार छौं,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell