PahiloPost

May 15, 2025 | २ जेठ २०८२

विश्वकपपछि प्रिमियर लिग: आर्सनलको सानदार जित, टोटेनहम बराबरीमा रोकियो



पहिलोपोस्ट

विश्वकपपछि प्रिमियर लिग: आर्सनलको सानदार जित, टोटेनहम बराबरीमा रोकियो
Photo: Reuters

फिफा विश्वकपका कारण बिच सिजनमा रोकिएको इङ्ग्लिस प्रिमियर लिग सुरु भएको छ। लिग सुरु भएसँगै लिग लिडर आर्सनलले वेस्ट ह्यामलाई हराउँदै सानदार पुनरागमन जित निकालेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले वेस्टह्यामलाई ३-१ गोलअन्तरले हराएको हो।

खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै वेस्ट ह्यामका सइद बेनरहमाले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको आर्सनललाई बुकायो साकाले ५३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै ५८ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दा घरेलु टोलीले अग्रता बनायो। ६९ औं मिनेटमा फेरि इड्डिइ केतिअले मार्टिन ‌ओडेगार्डको पासमा गोल थप्दा आर्सनलले ३-१ गोलको सानदार जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफोर्ड बराबरीमा रोकिए। जीटेच कम्युनिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीको दुई गोलको अग्रताबाट टोटेनहमले पुनरागमन गर्दै २-२ को बराबरीमा खेल रोकिएको हो।

खेलको १५ औं मिनेटमै ब्रेन्टफोर्डका विटाली जनेल्टले खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको अवस्थामा ५४ औं मिनेटमा इभान टोनीले गोल थप्दा घरेलु टोलीले दुई गोलको अग्रता बनायो। अर्कोतर्फ टोटेनहमका ह्यारी केनले ६५ औं मिनेटमा क्लिमेन्ट लेन्ग्लेटको पासमा गोल गर्दै खेलमा पहिलो गोल गरे। त्यस्तै ७१ औं मिनेटमा पिअरे-इमाइल होइविअले गोल थप्दा टोटेनहम खेलमा फर्कन सफल भयो।

गएरातिको खेलसँगै आर्सनलले खेलमा अग्रता कायमै बनाएको छ। १५ खेलबाट ४० अंक जोडेको आर्सनल शीर्षस्थानमा छ। ३३ अंक जोडेको न्युक्यासल दोस्रो स्थानमा रहँदा रहँदा ३२ अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो र ३० अंक जोडेको टोटेनहम चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell